२६ मंसिर, काठमाण्डौ। नेपालमा पछिल्लो २४ घण्टामा थप २५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
६ हजार २६८ जनाको पीसीआर परीक्षण गर्दा २४२ जना र २ हजार ४ सय १४ जनाको एन्टीजेन परीक्षण गर्दा १२जना गरी २५४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलले जनाएको छ ।
पछिल्लो २४ घण्टामा १ जनाको मृत्यु भएको छ भने २३४ जना संक्रमणमुक्त भएका छन् ।
हाल देशभर ५ हजार ८९० सक्रिय संक्रमित रहेका छन्।
[sidebar name="button post"]









