२५ मंसिर, काठमाण्डौ। नेपालमा पछिल्लो २४ घण्टामा थप २ सय ३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
देशभर गरिएको ५ हजार ६ सय ७२ पीसीआर परीक्षणका क्रममा १ सय ९४ जना र ३ हजार ५ सय ६ एन्टीजेन परीक्षणका क्रममा ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १ जना कोरोना संक्रमितको मृत्यु भएको छ भने ३०७ जना कोरोना संक्रमणमुक्त भएका छन्।
हाल देशभर ५ हजार ८ सय ८३ सक्रिय संक्रमित रहेका छन्।
[sidebar name="button post"]









