२४ मंसिर, काठमाण्डौ। पछिल्लो २४ घण्टामा देशभर थप २५९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा १० हजार ४८७ जनाको (पीसीआर र एन्टीजेन) परीक्षण गर्दा २५९ जनामा संक्रमण पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टामा थप ३३७ जना कोरोना संक्रमणमुक्त भएका छन् भने ३ जनाको मृत्यु भएको छ ।
मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या ५ हजार ९९७ जना रहेका छन् ।
[sidebar name="button post"]









