१७ मंसिर, काठमाण्डौ । नेपालमा पछिल्लो २४ घण्टामा थप २४६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
६ हजार ४०० जनामा पीसीआर परीक्षण गरिएकोमा २२३ जनामा र १ हजार ४३६ जनामा एन्टीजेन परीक्षण गर्दा २३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा ३४७ जना कोरोनामुक्त भएका छन् भने सोही अवधिमा कुनैपनि संक्रमितको मृत्यु नभएको मन्त्रालयले जनाएको छ । योसँगै कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ५३५ पुगेको छ ।
देशमा हालसम्म ६ हजार ९२१ जना सक्रिय संक्रमित रहेका छन् ।
[sidebar name="button post"]









