इटालीयन सिरी ए मा युभेन्ट्सले सातौँ जित निकालेको छ ।आज बिहान भएको खेलमा युभेन्ट्सले सालेरनितानलाई २-० अन्तरले पराजित गरेको हो ।
जितपछि युभेन्ट्स १५ खेलमा २४ अंकका साथ सातौँ स्थानमा छ भने पुछारमा रहेको सालेरनितान मात्र आठ अंक जोड्दै तालिकाको पुछार तथा रेलिगेशन जोनमा छ ।
अर्को खेलमा भेरोना र कगलेअरले शून्य गोलको बराबरीमा रोकिए । गएराति भएका अन्य दुई खेलमा एटलान्टाले भेनेजिआलाई ४-० ले हराउँदा फेरेन्टिना सम्डोरिआसँग ३-१ ले पराजित भयो ।
आज बेलुकी सवा ८ बजे इन्टर र स्पेजिआ तथा बोलोग्ना र रोमाबीच प्रतिस्पर्धा हुनेछ ।
[sidebar name="button post"]









