९ मंसिर, काठमाण्डौ। नेपालमा पछिल्लो २४ घण्टामा थप ३०८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
७ हजार १०४ जनामा पीसीआर परीक्षण गरिएकोमा २८१ जनामा र १ हजार ८०५ जनामा एन्टीजेन परीक्षण गर्दा २७ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा २९८ जना कोरोनामुक्त भएका छन् भने ३ जना संक्रमितको मृत्यु भएको छ ।
देशमा हालसम्म सात हजार ३४९ जना सक्रिय संक्रमित रहेका छन् ।
[sidebar name="button post"]









