थप २४२ जनामा कोरोना संक्रमण

४ मंसिर, काठमाण्डौ। नेपालमा पछिल्लो २४ घण्टामा थप २४२ जना कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

४ हजार १४५ जनामा पीसीआर परीक्षण गरिएकोमा २०९ जनामा र २ हजार ९९१ जनामा एन्टीजेन परीक्षण गर्दा ३३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा ४४४ जना कोरोनामुक्त भएका छन् भने १ जना संक्रमितको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

हालसम्म देशभर सात हजार ३०३ जना सक्रिय संक्रमित रहेका छन् ।

[sidebar name="button post"]