१८ कार्तिक, काठमाण्डौ । नेपालमा पछिल्लो २४ घण्टामा ३५६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको ३ हजार २५९ जनाको पीसीआर परीक्षणमा २८७ र ३ हजार १२५ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ६९ जनामा कोरोना पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा थप २ जना कोरोना संक्रमितको मृत्यु भएको छ भने ५१८ जना कोरोना संक्रमणमुक्त भएका छन्।
[sidebar name="button post"]











