आशा लघुवित्तको लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका

११ कार्तिक, काठमाण्डौ । आशा लघुवित्तको लाभांश सुरक्षित गर्ने आज बिहीबार अन्तिम दिन रहेको छ । आशा लघुवित्तले साधारण सभा र लाभांश प्रयोनार्थ १२ कात्तिकमा बुक क्लोज गर्दैछ ।

यसर्थ, आज बिहीबारसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीले वितरण हुने २६ दशमलव ३१ प्रतिशत लाभांश लाभांश प्राप्त गर्नुका साथै २७ कात्तिकमा फल एण्ड ट्राउट भिलेज होटल एण्ड रेस्टुराँ, ककनीमा बिहान १० बजे शुरु हुने साधारणसभामा सहभागिता जनाउन सक्नेछन्।

सभामा कम्पनीले आर्थिक वर्ष २०७७/०७८ को नाफाबाट २५ प्रतिशत बोनस सेयर र कर प्रयोजन सहित एक दशमलव ३१ प्रतिशत नगद गरी कुल २६ दशमलव ३१ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव छ । अन्य लघुवित्तहरुसँग मर्जर तथा एक्विजिशन सम्बन्धी प्रक्रिया अगाडि बढाउनका लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने लगायतको एजेण्डा छ ।

[sidebar name="button post"]