Ad #144479

९ कार्तिक, काठमाण्डौ। नेपालमा पछिल्लो २४ घण्टामा थप ६६६ जनामा कोरोना भाइरस संक्रमण पुष्टी भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९ हजार ७७१ जनामा पीसीआर परीक्षण गरिएकोमा ५६९ जनामा र २ हजार २४९ जनामा एन्टीजेन परीक्षण गरिएकोमा ९७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा ६२२ जना कोरोना मुक्त भएका छन् भने ११ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

हाल देशभर १० हजार २९६ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।