Ad #144479

२ कार्तिक, काठमाण्डौ। नेपालमा पछिल्लो २४ घण्टामा १०९६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको ८ हजार १४० जनाको पीसीआर परीक्षणमा ९५७ र १ हजार ७७६ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा १३९ जनामा कोरोना पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा थप १२ जना कोरोना संक्रमितको मृत्यु भएको छ भने १००४ जना कोरोना संक्रमणमुक्त भएका छन्।

हाल देशभर ११ हजार ८१५ सक्रिय संक्रमित रहेका छन्।