३१ असोज, काठमाण्डौ। नेपालमा पछिल्लो २४ घण्टामा थप ३९१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८ हजार ७७ जनामा कोरोना परीक्षण गरिएकोमा ३९१ जना नयाँ सक्रमित भेटिएका हुन् ।
पछिल्लो २४ घण्टामा ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ भने ६८० जना कोरोना संक्रमणमुक्त भएका छन्।
हाल देशभर १२ हजार २९७ सक्रिय संक्रमित रहेका छन्।












