Ad #144479

२४ असोज, काठमाण्डौ। पछिल्लो २४ घण्टामा देशभर थप ५९६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

९ हजार २ सय ३७ पीसीआर परीक्षण गर्दा ५६५ जना र ३ हजार १६७ एन्टिजेन परीक्षण गर्दा ३१ गरी ६९६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट १० जनाको मृत्यु भएको छ भने ८७१ जना निको भएका छन् ।

मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या १५ हजार २४ जना रहेका छन् ।