Ad #144479

२१ असोज, काठमाण्डौ। नेपाली बजारमा आज सुनचाँदी दुबैको मूल्य बढेको छ ।

आज छापावाल सुन बुधबारको तुलनामा ५०० रुपैयाँले बढेर प्रतितोला ९० हजार ४०० रुपैयाँमा कायम भएको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै तेजाबी सुनको मूल्य समेत तोलामा ५०० रुपैयाँले नै बढेर आज प्रतितोला ८९ हजार ९५० रुपैयाँमा कारोबार भइरहेको छ ।

आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी तोलाको ५ रुपैयाँले बढेर १ हजार १७० रुपैयाँमा नै कारोबार भइरहेको महासंघले जनाएको छ ।