Ad #144479

२० असोज, काठमाण्डौ। नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ११ हजार १६५ पीसीआर परीक्षणमा ८४९ जना र ४,३०० एन्टिजेन परीक्षणमा १९४ जना गरी १०४३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा देशभर १२ जना कोरोना संक्रमितको मृत्यु भएको छ भने ८९१ जना कोरोना संक्रमणमुक्त भएका छन्।

हाल देशभर १६ हजार १९४ सक्रिय संक्रमित रहेका छन्।