आज असोज १८ गते सोमबार, कस्तो रहला तपाईंको दिन ? हेर्नुहोस् राशिफल!

वि.सं.२०७८ साल असोज १८ गते । सोमबार । ईश्वी सन् २०२१ अक्टोबर ०४ तारिख । नेपाल संवत् ११४१ । काठमाण्डौमा आज सूर्योदय बिहान ०५ बजेर ५८ मिनेट,सूर्यास्त बेलुकी ०५ बजेर ४५ मिनेट । तपाईंको आजको राशिफल

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ):

 नयाँ जिम्मेवारी थपिनेछ । बिभिन्न समस्याको फेस गर्नु पर्दा मानशिक तनाब बढ्नेछ भने खुलेर काम गर्ने वाताबरण नहुँदा आर्थिक क्षेत्र धरासाही हुन सक्छ सचेत रहनुहोला । सुधारात्मक क्षेत्रमा गरिएको लगानी त्यसै खेर जानेछ । अध्ययन तथा अनुसन्धानको क्षेत्रमा अली बढि समय दिए सकारात्मक नतिजा निकाल्न सकिनेछ । प्रेम गर्ने जोडिहरु आज टाढै बस्नु उचित छ मायाप्रेममा धोका हुँन सक्छ ।

बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो):

 कृषि काममा सन्तोष मिल्नेछ । अध्ययन तथा अध्यापनमा सफलता प्राप्त गर्न अलि बढी नै मेहनेत गर्नु पर्नेछ । आमा तथा आफन्तबाट भनेजस्तो सल्लाह तथा सुझाब पाईने हुनाले सुधारात्मक काम गर्न सहयोग हुनेछ । कृषि तथा पशुपालन व्यावसायबाट राम्रो आम्दानी हुनेछ । समाजिक काममा समय दिनु पर्नेछ भने तपाईंको काम देखि सबै खुशि हुनेछन् ।

मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा):

 छोटो तथा रमाईलो यात्राको तय हुनेछ भने यात्राका क्रममा रमाईला तथा मन मिल्ने साथिभाईहरु भेटिनेछन् । प्रणय सम्बन्धमा सुधार हुनेछ भने एक अर्काको सहयोगले खोजमुलक बिषयमा मन जानेछ । आम्दानी बढाउन गरिने कामहरु समयमा नै सम्पन्न गरी आर्थिक स्थिती मजभुत पार्न सकिनेछ । दाजुभाईको सहयोगले राम्रा तथा परिणाममूखि कामगर्न सकिनेछ ।

कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो):

बोल्दा ख्याल गर्नुहोला समय मध्यम रहेको छ । आफन्त तथा ईष्टमित्रसँग मनमुटाब बढ्नेछ । रुपैया पैसाको कारोबार गर्दा ध्यान दिनुहोला सापटी लाने तथा अनाबस्यक ठाउमा खर्च बढ्नेछ । मायाप्रेममा एक अर्कालाई शंका गर्नाले मनमुटाब बढ्नेछ । खानपानमा ध्यान नदिए स्वास्थ्यमा समस्या आउनेछ । व्यापार व्यावसायमा लागनी गरी आम्दानी गर्नको लागि केही समय कुर्नु नै बेस हुनेछ ।

सिहं(मा,मी,मू,मे,मो,टा,टी,टू,टे):

 राजनीति तथा कल्याणकारी कामबाट समाजबाट नाम तथा दाम कमाउन सकिनेछ । व्यापार व्यवसायबाट भनेजस्तो आम्दानी हुने हुँदा आर्थिक अवस्था सुदृड हुनेछ । पढाईलेखाईमा अरुभन्दा एक कदम अगाडी बढी नतिजा हात पार्न सकिनेछ । प्रेममा एक अर्कालाई बिश्वास गर्न सकिनेछ भने जीवन साथिको सहयोगले राम्रा काम गर्न सकिनेछ । सुन्दर पहिरनमा सजिएर अरुको मन आफुतिर लोभ्याउन सकिनेछ ।

कन्या(टो,पा,पी,पु,ष,ण,ठ,पे,पो):

खर्च भावमा गोचर गर्ने चन्द्रमाले स्वास्थ्यमा समस्या आई उपचार तथा औषधी खर्च बढेर जानेछ । व्यापार व्यावसायमा लगानी गरेपनि आम्दानी कम हुनेछ । पढाईलेखाईमा समय दिन नसक्दा अरुभन्दा पछि परिनेछ । आफुभन्दा अग्रजसँग राय बाजिने तथा मनमुटाब बढ्ने योग रहेकोछ । प्रेममा अबिश्वास तथा मनमुटाब बढ्नेछ ।

तुला(रा,री,रु,रे,रो,ता,ती,तू,ते):

समयमा अर्थ संग्रह गर्न सकिने हुुँदा तथा आर्थिक अवस्था राम्रो रहने हुँदा अर्थ व्यापारमा लगानी गर्न सकिनेछ । आफ्ना भन्नेहरुले सहयोग गर्ने तथा दाजुभाइहरुको समर्थनमा राम्रा काम गर्न सकिनेछ । बित्तिय क्षेत्रसँग सम्बन्धीत कामबाट राम्रै आम्दानी हुनेछ । बुवा वा बुवा सरहका मानिसबाट मनग्गे आर्थिक लाभ लिन सकिनेछ । मायाप्रेमको गाठो कसिलो हुने समय रहेकोछ ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू):

व्यापारमा थोरै समय दिंदा पनि मनग्गे आम्दानी गर्न सकिनेछ । पढाईलेखाईमा मन जाने हुनाले भनेजस्तो नतिजा हात लाग्नेछ । गीतसंगित तथा मोडलिङ क्षेत्रमा समय लगानी गर्ने हरुले नाम तथा दाम दुवै कमाउन सकिनेछ । राजनीति तथा समाजसेवामा जनताको काम गर्न सक्दा ईज्जत तथा प्रतिष्ठामा बृद्धि भएर जानेछ । नयाँ काम पाउने तथा नोकरिमा बढुवा हुने योग रहेकोछ ।

धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे):

साथिभाई तथा आफन्तको सहयोगमा नयाँ योजना बनाई कार्यान्वयनको चरणमा लान सकिने भएपनि बिफल हुने ग्रहयोग रहेकोछ । स्वास्थ्यमा समस्या आई शुरु गरेका कामहरु सम्पादन गर्न सकिने अवस्था रहने छैन भने सहयोग गर्ने भन्दा आश्वासन बाढ्नेहरु धेरै भेटिनेछन् । गोप्य सुचनाहरु बहिरिने हुँदा ईज्जत प्रतिष्ठामा दाग लाग्न सक्छ ध्यान दिनुहोला ।

मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी):

 भौतिक सम्पती तथा सवारी साधनको प्रयोग गर्दा ध्यान दिनुहोला अप्रिर्य घट्ना नघट्ला भन्न सकिन्न । लामो समय देखिको प्रेममा अबिश्वास बढ्न सक्छ । पढाईलेखाईमा समय दिन नकस्दा अरुभन्दा पछी परिनेछ । आफन्त तथा दिदिबहिनीसँग विवाद सिर्जना हुनेछ । व्यापार व्यावसायमा आम्दानी बढाउन निकै नै समय खर्चनु पर्नेछ । खानपान तथा वाहिरी वातावरणको ख्याल गर्नुहोला स्वास्थ्य सम्बन्धी समस्या आउन सक्छ ।

कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा):

व्यापार व्यावसाय फस्टाएर जानेछ भने व्यापारकै शिलशिलामा लामो दुरिको यात्रा हुनेछ । आर्थिक अवस्था राम्रो हुने हुँदा भौतिक सम्पती तथा बिलाशी वस्तुहरु जोड्न सकिनेछ । लामो समय देखिको प्रेमलाई बिवाहमा परिणत गर्नको लागि प्रक्रिया अगाडी बढ्नेछ भने पति पत्नी बीच आत्मियता बढेर जानेछ । अध्ययन अध्यापनमा समय खर्चिने हरुले सोचेजस्तो नतिजा हात पार्न सक्नेछन् ।

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची):

 व्यवसायमा लगानी बढाउदा मनग्गे लाभ हुनेछ । प्रतिष्ठित व्याक्तिसँग प्रतिस्पर्धा गर्नु परेपनि अन्तत तपाईंकै पक्षमा नतिजा आउदा मन खुशी हुनेछ । रमाईलो यात्रा हुनेछ भने आफन्त तथा शुभचिन्तकसँगको भेटले उत्साह जगाउनेछ । प्रणय सम्बन्धमा बिश्वास बढेर जाने तथा बिबाह मार्फत सम्बन्धलाई लामो समयसम्म टिकाउन सकिनेछ ।

राशिफलले जे जस्तो भनेपनि तपाईंको दिन शुभ रहोस् !

[sidebar name="button post"]