१७ असोज, काठमाण्डौ। नेपाली बजारमा आज पनि सुनको मूल्य सामान्य वृद्धि भएको छ ।
आज छापावाल सुन प्रतितोला २०० रुपैयाँले बढेर ८९ हजार ८०० रुपैयाँमा कायम भएको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै तेजावी सुन आज प्रतितोला ८९ हजार ३५० रुपैयाँमा कारोबार भइरहेको छ ।
आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी तोलाको २० रुपैयाँले बढेर १ हजार १६० रुपैयाँमा नै कारोबार भइरहेको महासंघले जनाएको छ ।












