१६ असोज, काठमाण्डौ । पछिल्लो २४ घण्टामा थप ८६७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
देशभरका प्रयोगशालामा ५५९८ नमुनाको पीसीआर टेष्ट गर्दा ६५९ जना र २६२१ जनाको एन्टीजेन टेष्ट गर्दा २०८ जनमा संक्रमण पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टामा ९ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ भने ११२३ जना भने संक्रमणमुक्त भएका छन् ।
हाल देशभर १७ हजार ६४२ संक्रिय संक्रमित रहेका छन् ।












