थप ११५७ जनामा कोरोना संक्रमण, ८ जनाको मृत्यु

१३ असोज, काठमाण्डौ। नेपालमा पछिल्लो २४ घण्टामा १ हजार १५७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको १० हजार ६५२ जनाको पीसीआर परीक्षणमा ८९२ र ३ हजार ८८९ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा २६५ जनामा कोरोना पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा थप ८ जना कोरोना संक्रमितको मृत्यु भएको छ भने १ हजार ११३ जना कोरोना संक्रमणमुक्त भएका छन्।

हाल देशभर सक्रिय संक्रमितको संख्या १८ हजार १९३ जना रहेको छ ।

[sidebar name="button post"]