१२ असोज, काठमाण्डौ। नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार १५८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको ११ हजार ६७२ जनाको पीसीआर परीक्षणमा ९०४ र २ हजार ३३१ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा २५४ जनामा कोरोना पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा देशभर १२ जना कोरोना संक्रमितको मृत्यु भएको छ भने १ हजार ३१८ जना कोरोना संक्रमणमुक्त भएका छन्।
हाल देशभर १८ हजार ४२२ सक्रिय संक्रमित रहेका छन्।












