सुनको मूल्य तोलामा २०० रूपैयाँले घट्यो

४ असोज, काठमाण्डौ। नेपाली बजारमा आज सुनको मूल्य घटेको छ ।

आइतबार छापावाल सुन प्रतितोला ८९ हजार १०० रुपैयाँमा कारोबार भएकोमा आज २०० रूपैयाँ घटेर ८८ हजार ९०० रूपैयाँमा कारोबार भइरहेको छ ।

तेजावी सुन प्रतितोला ८८ हजार ४५० रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै आज चाँदी प्रतितोला १५ रूपैयाँले घटेको छ । आज चाँदी १ हजार १३५ रुपैयाँमा कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

[sidebar name="button post"]