३१ भदौ, काठमाण्डौ। पछिल्लो २४ घण्टामा काठमाण्डौ उपत्यकामा थप ४३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य मन्त्रालयका अनुसार काठमाण्डौमा २९३, भक्तपुरमा ३९ र ललितपुरमा ९८ जनामा संक्रमण पुष्टि भएको हो।
नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ५११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।












