३१ भदौ, काठमाण्डौ। नेपाली बजारमा सुनको मूल्य तोलामा ७०० सय रुपैयाँ घटेको छ ।
सुनकाे मूल्य आज तोलामा ९० हजार ५ सय रुपैयाँ तोकिएको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
त्यस्तै तेजाबी सुनको मूल्य पनि प्रतितोलामा ७०० रुपैयाँ नै घटेको छ । बुधबार ९० हजार ७०० रुपैयाँमा कारोबार भएको तेजाबी सुनको मूल्य आज ९० हजार रुपैयाँमा झरेको हो ।
चाँदीको मूल्य भने स्थिर छ । चाँदी प्रतितोला १२०० रुपैयाँमा कारोबार भइरहेको छ ।












