२७ भदौ, काठमाण्डौ। नेपालमा पछिल्लो २४ घण्टामा थप ९ सय ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार पछिल्लो २४ घण्टामा ११ हजार १८ नमुना परीक्षण गर्दा नौ सय ११ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टामा देशभर १३ जना कोरोना संक्रमितको मृत्यु भएको छ भने १ हजार ४२३ कोरोना संक्रमणमुक्त भएका छन्।
देशभर २६ हजार ७५७ सक्रिय संक्रमित रहेका छन्।












