Ad #144479

२५ भदौ, काठमाण्डौ। पछिल्लो २४ घण्टामा काठमाण्डौ उपत्यकामा थप ३२४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार काठमाण्डौमा २५७, भक्तपुरमा ११ र ललितपुरमा ५६ जनामा संक्रमण पुष्टि भएको हो।

नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार १४६ जनामा कोरोना संक्रमण पुष्टि भएको भने २१ जना कोरोना संक्रमितको मृत्यु भएको छ। त्यस्तै १ हजार ६६० कोरोना संक्रमणमुक्त भएका छन्।

देशभर २७ हजार ९५८ सक्रिय संक्रमित रहेका छन्।