Ad #144479

२५ भदौ, काठमाण्डौ। साताको कारोबारको अन्तिम दिन शुक्रबार नेपाली बजारमा सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत बिहीबार ९० हजार ६ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्यमा आज एक सय रुपैयाँ वृद्धि भएर ९० हजार सात सय रुपैयाँ कायम भएको हो ।

तेजावी सुन प्रतितोला ९० हजार दुई सय रुपैयाँ कायम भएको छ।

महासंघले शुक्रबार चाँदीको मूल्य प्रतितोला १२ सय १५ रुपैयाँ तोकेको छ । बिहीबार चाँदीको मूल्य प्रतितोला १२ सय १० रुपैयाँ थियो ।