२२ भदौ, काठमाण्डौ। पछिल्लो २४ घण्टामा देशभर थप १६७७ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ११ हजार १११ पीसीआर परीक्षण गर्दा १ हजार ४२३ जनामा र ३ हजार ९२३ एन्टिजेन परीक्षण गर्दा २५४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।
पछिल्लो २४ घण्टामा देशभर २१ जना कोरोना संक्रमितको मृत्यु भएको छ २ हजार ७२ जना कोरोना संक्रमणमुक्त भएका छन्।
हाल देशभर ३० हजार ३०३ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
[sidebar name="button post"]









