१८ भदौ, काठमाण्डौ। साताको अन्तिम दिन शुक्रबार नेपाली बजारमा सुनको मूल्य बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुन प्रतितोला ९० हजार ८०० रुपैयाँमा कारोबार भएकोमा आज एक सय रुपैयाँले बढेर प्रतितोला ९० हजार ९०० रुपैयाँ कायम भएको हो ।
त्यस्तै तेजावी सुन प्रतितोला ९० हजार ४०० रुपैयाँ कायम भएको छ ।
चाँदीको मूल्य भने घटेको छ । प्रतितोला १० रुपैयाँ घटेको चाँदी आज १ हजार १९५ रुपैयाँ प्रतितोलामा कारोबार भइरहेको छ ।












