Ad #144479

२९ श्रावण, काठमाण्डौ। नेपाली बजारमा आज सुनको मूल्य सामान्य वृद्धि भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार तोलामा ८९ हजार ४०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको ३ सय रुपैयाँले बढेर तोलामा ८९ हजार ७०० रुपैयाँमा कारोबार भएको हो ।

त्यस्तै तेजावी सुन तोलामा ८९ हजार २५० रुपैयाँमा कारोबार भएको छ ।

शुक्रबार चाँदीको मूल्य भने रु ५ घटेको छ । बिहीबार तोलामा ११९० रुपैयाँमा कारोबार भएको चाँदी शुक्रबार ११८५ रुपैयाँमा कारोबार भइरहेको छ ।