श्रावण २४ गते आइतबारदेखि श्रावण ३० गते शनिबारसम्मको तपाईंको साप्ताहिक राशिफल
मेष (चु,चे,चो,ला,लि,लु,ले,लो,अ):
बुधबार दिउँसोसम्मको समय मध्यम रहेकोले घरेलु समस्याले सताउने तथा आमाको स्वास्थ्यमा खरावी आउन सक्छ । आफन्त तथा आफ्नो भन्नेहरुले तपाईंको काममा बाधा तथा अवरोध गर्नेछन् । पढाईलेखाई सुस्त गतिमा अगाडी बढ्नेछ । कृषि,सहकारी तथा पशु चौपायाको व्यवसाय फस्टाएर जानेछ । मायाप्रेममा आफ्नो मन मिल्ने मायालुलाई समय दिन नसक्दा सामान्य मनमुटाव सिर्जना हुनेछ । राजनीतिकर्मिका लागि समय अन्यदिन भन्दा मध्यम रहेकोछ । बुधबार साँझबाट समय राम्रो रहेकोले ऋण,रोग तथा सत्रुलाई रिमोभ गर्दै अगाडी बढन् सकिनेछ । साथिभाई तथा ईष्टमित्रबाट सहयोग पाईने हुनाले व्यवसायमा लगानी बढाई आम्दानी गर्न सकिनेछ । न्यायिक निर्णयहरु तपाईकै पक्षमा हुनेछन् ।
वृष (इ,उ,ए,ओ,वा,वि,वु,वे,वो):
साताको सुरु र अन्तको समय राम्रो रहेकोले पढाईलेखाईमा सहपाठी हरुलाई किनारा लगाउंदै एक कदम अगाडी बढ्न सकिनेछ । नोकरीमा हुने प्रतिस्पर्धामा तपाईको नाम अग्र स्थानमा आउनेछ । पुराना स्वास्थ्य सम्वन्धी समस्या हल भएर जानेछ भने ऋणबाट मुक्त हुन सकिनेछ । मायाप्रेममा नजिक हुन सकिनेछ भने पतिपत्नीबीच बिश्वास बढेर जानेछ । अफिसियल यात्राको गतिलो योग रहेकोछ । सोमबार दिउँसोबाट बुधबार दिउँसोसम्मको समय मध्यम रहेकोले समय तथा प्रविधीको गतिलाई पछ्याउन नसक्दा प्रतिस्पर्धी हरु नै हावी हुनेछन् । खानपानमा ध्यान दिनुहोला पेट सम्वन्धी समस्या आउँन सक्छ । भौतिक सम्पती तथा सवारीसाधनको प्रयोग गर्दा ध्यान दिनुहोला अप्रिय घट्ना नघट्ला भन्न सकिन्न । प्रेममा अविस्वास सिर्जना हुनेछ ।
मिथुन (का,कि,कु,घ,ङ,छ,के,को,ह):
साताको सुरु र अन्तको समय मध्यम रहेकोले आफ्नै भन्नेहरुले आश्वासन बाड्ने तथा समयमा काम नगर्दिनाले समस्या पैदा हुनेछ । मन परेको मानिससँग टाडिनु पर्दा मन मुटुमा जलन पैदा हुनेछ । घरजग्गा तथा सवारीसाधनको विषयमा विवाद गर्नुपर्ला । राजनीति तथा समाजसेवामा जनताको समर्थन भन्दा आलोचना नै धेरै हुनेछ । पाईरहेको पद गुम्ने खतरा रहेकोछ ध्यान दिनुहोला । सोमबार दिउँसोबाट बुधबारसम्मको समय राम्रो रहेकोले आफ्नै मेहनेतले व्यवसायमा फड्को मार्न सकिनेछ । लगनशिलताको साथ गरीने कामको उच्च मुल्याङकन हुनेछ । दाजुभाई तथा छिमेकीसँगको सम्बन्ध सुधार गर्दै नयाँ कामहरु गर्न सकिनेछ । प्रतिस्पर्धीहरु सहयोगी बन्नेछन् भने कुनैपनि प्रतिस्पर्धामा तपाईको नाम अग्र स्थानमा आउनेछ ।
कर्कट (हि,हु,हे,हो,डा,डि,डु,डे,डो):
साताको सुरु र अन्तको समय राम्रो रहेकोले बिभिन्न अवसरको सदुपयोग गर्दै राम्रा तथा परिणाममूखि काम गर्ने सकिनेछ । दाजुभाई,आफन्त तथा छिमेकीका साथ रमाईलो गर्दै दिन व्यतित हुनेछ । व्यापार व्यवसायमा लगानी गरी पछीको लागी आम्दानी सुनिश्चित गर्न सकिनेछ । प्रेमको गाठो कसिलो हुने तथा मायाको चिनो साटासाट हुनेछ । पढाईलेखाई प्रगतिकै बाटोमा लैजान सकिनेछ । सोमबार दिउँसोबाट बुधबार दिउँसोसम्मको समय मध्यम रहेकोले शुभचिन्तकको भावनालाई बेवास्ता गर्दा दुःख पाईनेछ । बोलेका कुरा पुरा गर्न नसक्दा अरुले अविश्वास गर्न सक्छन् ध्यान दिनुहोला । प्रेम प्रशङमा मनमुटाव हुने योग रहेकोछ । खानपानमा ध्यान नदिँदा स्वास्थ्य सम्बन्धी समस्या आउन सक्छ ।
सिंह (म,मि,मु,मे,मो,ट,टि,टु,टे):
साताको सुरु र अन्तको समय मध्यम रहेकोले दैनिक खर्च बढ्ने तथा आर्थिक व्यवस्थापन गर्न नजान्दा दिन प्रतिकुल बन्नेछ । आफन्त तथा अपरिचीत व्यक्तिको विस्वास गर्नाले धोका पाईनेछ । स्वास्थ्यमा समस्या आउने तथा उपचार खर्च बढ्ने छ । तरपनि विदेशी सामानको व्यापार तथा विदेशी सस्थामा काम गर्नेहरुको लागी समय उत्तम रहेको छ । अध्ययन तथा कामको लागी छोटो दुरिको यात्रा गर्न सकिनेछ । सोमबार दिउँसोबाट बुधबारसम्मको समय राम्रो रहेकोले नयाँ कामको अवसर आउने तथा गरीरहेको कामबाट मनग्गे धन आर्जन गर्न सकिने छ । टाडिएका मित्र तथा आफन्तसँगको भेटले मन प्रशन्न हुनेछ । पुराना कमिकमजोरीहरुलाई सच्याउदै रचनात्मक काम गर्न सकिने छ । विलाशी वस्तुको प्रयोग मार्फत अरुको ध्यान आकर्षित गर्न सकिनेछ ।
कन्या (टो,प,पी,पु,ष,ण,ठ,पे,पो):
साताको सुरु र अन्तको समय राम्रो रहेकोले बिभिन्न साधन-स्रोत जुटाई दिगो फाईदा हुने काम आरम्भ गर्न सकिनेछ । पैत्रिक सम्पतीको प्रयोग मार्फत आम्दानी बढाउन सकिने छ । बैकिङ क्षेत्रमा गरीएको लगानीबाट मनग्गे धन आर्जन गर्न सकिनेछ । प्रणय सम्बन्धका रमाउन चाहनेहरुका लागी समय उत्तम रहेको छ । दाजुभाईको सहयोगले भौतिक सम्पति तथा सवारीसाधन जोड्न सकिने छ । सोमबार दिउँसोबाट बुधबार दिउँसोसम्मको समय मध्यम रहेकोले स्वास्थ्यमा समस्या आई औषधि खर्च बढेर जानेछ । पढाईलेखाईमा मन नजाँदा अरु भन्दा पछि परिनेछ ।
तुला (रा,री,रु,रे,रो,त,ति,तु,ते):
सुखद समाचारले आजको दिन उत्साह पुर्वक बित्नेछ । सहपाठी तथा प्रतिस्पर्धीहरुलाई उछिन्दै बिषेश अवसरमा सहभागी हुने अवसर जुर्नेछ भने मेहनेतले बौद्धिक क्षेत्र फराकिलो हुनेछ । रोकिएका काम बन्ने तथा नयाँ काम सुचारु गर्न सकिने छ । पैत्रिक धन तथा सम्पतिको प्रयोग मार्फत आम्दानी बढाउँन सकिने छ । व्यापारमा दिगो आर्थिक लाभ हुने योजना शुभारम्भ गर्न सकिनेछ । प्रेम तथा मित्रताको बन्धन कसिलो भएर जानेछ । बिहीबारबाट समय मध्ययम रहेकोले पढाईलेखाईमा भनेजस्तो प्रगति गर्न सकिनेछैन । खानपान तथा बाहिरी वातावरणको ख्याल गर्नुहोला स्वास्थ्यमा समस्या आउन सक्छ । माया प्रेममा धोका तथा विश्वासघात हुनेछ । काम गर्दा ध्यान दिनुहोला दण्ड तथा जरिवाना हुन सक्छ ।
वृश्चिक (तो,ना,नि,नु,ने,नो,य,यी,यु):
साताको सुरु र अन्तको समय मध्यम रहेकोले आफ्नो काममा अरुले हस्तक्षेप गर्न सक्छन् ध्यान दिनुहोला । जीवनशैली व्यस्त रहेपनि न्यून उपलब्धीमा चित्त बुझाउनु पर्ला । पढाईलेखाईमा ध्यान नजादा अरुभन्दा पछि परिने छ । मायाप्रेममा धोका तथा अबिश्वास बढ्ने छ । राजनीति तथा समाजसेवामा काम गर्दा ध्यान दिनुहोला आलोचना गर्नेहरु वा खुट्टा तान्नेहरु हावी हुनेछन् । सोमबारबाट शुक्रबारसम्मको समय राम्रो रहेकोले व्यापार व्यवसायमा लगानी गरी मनग्गे लाभ लिन सकिने छ । राजनीति तथा समाजसेवामा जनताको गतिलो समर्थन पाईने छ । पढाईलेखाईमा भनेजस्तो नतिजा हात पार्न सकिने हुनाले गुरुवर्ग तथा आफन्त खुशी हुनेछन् । मायाप्रेममा सामिप्यता बढ्ने छ । कार्यक्षेत्रका प्रभाव बढ्ने तथा बढोत्तरीको योग रहेकोछ ।
धनु (ये,यो,भ,भि,भु,ध,फ,ढ,भे):
बुधबार दिउँसोसम्मको समय मध्यम रहेकोले व्यक्तिगत स्वास्थ्य तथा वैराग्यभाव त्यागेर अगाढ बढ्नुहोला । सवारीसाधन तथा भौतिक सम्पतीको प्रयोग गर्दा बिशेष सावधानि अपनाउनु होला । आलश्य तथा थकानको अनुभूति हुनेछ भने दिनभर परिश्रम गरेपनि न्यून उपलब्धी हासिल हुने छ । बुधबार साझबाट समाजमा नेतृत्वदायी भुमिकामा बसेर काम गर्न सकिने तथा मान सम्मान ईज्जत प्रतिष्ठामा बृद्धि भएर जाने छ । नयाँ काम गर्न सकिनेछ भने नोकरीमा बढुवा हुने योग रहेको छ । व्यापार लगानी गरी मनग्गे धन आर्जन गर्न सकिने छ भने कृषि,पशुपालन व्यवसाय फस्टाएर जाने छ । पढाईलेखाईमा मन जाने छ भने अध्ययनकै सवालमा प्रविधिको प्रयोग गर्न सकिने छ ।
मकर (भो,ज,जी,जु,जे,जो,ख,खि,खु,खे,खो,ग,गी):
सातको सुरु र अन्तको समय राम्रो रहेकोले व्यापारमा उच्च प्रतिफल हात पार्न सकिनेछ भने व्यापारकै शिलशिलामा रमाईलो यात्रा गर्न सकिने छ । प्रेम तथा मित्रताको बन्धन कसिलो भएर जानेछ भने जीवनसाथिको सहयोग पाईनाले राम्रा काम गर्न सकिने छ । अध्ययनमा नतिजा आफैँ ल्याउन सकिने छ । अतिथिको रुममा सम्मान पाईनुको साथै रमाईलो घुमघामको समेत अवसर आउने छ । सोमबार दिउसोबाट बुधबार दिउँसोसम्मको समय मध्यम रहेकोले व्यस्तता बढेपनि स्वास्थ्यको ख्याल नगर्दा कमजोरी महसुस हुनेछ । खानपान तथा बाहिरी वातावरणको ध्यान दिनुहोला । व्यापार व्यवसायमा लगानी गर्नुपुर्व आवश्यक तयारी राम्रोसँग गर्नुहोला ।
कुम्भ (गु,गे,गो,स,सी,सु,से,सो,द):
भौतिक स्रोत साधनको प्रयोग मार्फत व्यक्तित्वलाई निखार्ने अवसर प्राप्त हुनेछ । व्यापार व्यवसाय फस्टाएर जाने तथा व्यापारकै शिलशिलामा लामो दुरिको मनोरञ्जनात्मक यात्रा हुनेछ । साथीभाई तथा प्रेमीकाको सहयोग पाईनाले मन प्रशन्न रहनेछ । पढाईलेखाईमा उत्कृष्ट नतिजाको साथ अग्र स्थानमा तपाईंको नाम आउनेछ । बिहीबारबाट समय मध्यम रहेकोले साथिभाई तथा आफन्तसँग मनमुटाव बढ्ने योग रहेको छ । राजनीति तथा समाजसेवामा जनताको आलोचनात्मक समर्थन पाईनेछ । मन परेको मानिससँग टाडिनु पर्दा मनमा छटपटी र अशान्ति छाउनेछ ।
मीन (दी,दु,थ,झ,ञ,दे,दो,च,ची):
आफन्त तथा प्रियजनसँगको भेटघाटले दिन रमाईलोसँग बिताउन सकिने छ । मायाप्रेममा नजिक हुन सकिने तथा जीवनसाथिको सहयोगले राम्रा हुनेछन् । व्यापार फस्टाएर जानेछ भने रुपैया पैसा लगानि गरी मनग्गे धन आर्जन गर्न सकिनेछ । बिद्यामा स्कलर्सिप प्राप्त हुनेछ भने सहपाठिहरुलाई पछि पार्दै नतिजा हात पार्न सकिने छ । आफ्नै मेहनतले जीवन शैलीमा उल्लेख्य परिवर्तन गर्न सकिनेछ । तरपनि बिरोधीहरुको सक्रियता बढ्ने हुँदा काम गर्दा ध्यान दिनुहोला । भौतिक सम्पती तथा सवारीसाधनको कारोबार गर्दा ध्यान दिनुहोला अप्रिय घट्ना नहोला भन्न सकिन्न ।
राशिफलले जे जस्तो भनेपनि तपाईंको सात दिन शुभ रहोस् ।










