बढ्दै कोरोना : थप ३,८९९ जनामा कोरोना संक्रमण पुष्टि, २० जनाको मृत्यु

१२ श्रावण, काठमाण्डौ। पछिल्लो २४ घण्टामा नेपालमा थप ३ हजार ८९९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार १२ हजार ६५५ पीसीआर परीक्षण गर्दा २ हजार ७२६ जना र ४ हजार ८६३ एन्टिजेन परीक्षण गर्दा १  हजार १७३ जनामा संक्रमण पुष्टि भएको हो।

गत २४ घण्टामा १ हजार ७७८ जना संक्रमणमुक्त भएका छन् भने कोरोना संक्रमणका कारण थप २० जनाको मृत्यु भएको छ ।

देशभर हालसम्म २८ हजार ८३६ जना सक्रिय संक्रमित छन्।

[sidebar name="button post"]