कक्षा १२ को वार्षिक परीक्षा साउन ३१ देखि

५ श्रावण, काठमाण्डौ। राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को वार्षिक परीक्षा साउन ३१ देखि भदौ ९ सम्म गर्ने निर्णय गरेको छ । मंगलबार बोर्डका अध्यक्ष चन्द्रमणि पौडेलको अध्यक्षतामा बसेको बैठकले विद्यार्थीलाई होम सेन्टरमै परीक्षाको व्यवस्था गर्ने निर्णय गरेको हाे ।

परीक्षा बोर्डकाे बैठकले स्वास्थ्य मापदण्ड पालना गर्दै जेड आकारमा परीक्षार्थीलाई राख्न समेत भनेकाे छ । कोभिड १९ संकट व्यवस्थापन केन्द्र ‘सीसीएमसी’ले विभिन्न सर्तसहित परीक्षा सञ्चालनको अनुमति दिएको थियो । बोर्डले गत असार तेस्रो साता शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयसँग कक्षा १२ को वार्षिक परीक्षा सञ्चालनको अनुमति मागेको थियो ।

परीक्षा केन्द्रमा परीक्षार्थीलाई जेड आकारमा कम्तिमा दुई मिटरको दूरी बनाएर राख्नु पर्ने, स्वास्थ्य सुरक्षाको मापदण्ड पूर्णरुपमा पालना गर्नुपर्नेलगायत विभिन्न सर्तसहित परीक्षा सञ्चालनको अनुमति दिएको हो।

यसअघि गत जेठ महीना तय भएको कक्षा १२ को वार्षिक परीक्षा कोरोना महामारीको दोस्रो लहरबाट उत्पन्न परिस्थितिले स्थगित भएको थियो ।

[sidebar name="button post"]