सुनको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?

५ श्रावण, काठमाण्डौ। नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत सोमबारको तुलनामा थप ४०० रुपैयाँले मूल्य बढ्दै मंगलबार सुनको मूल्य ९३ हजार २०० रुपैयाँ पुगेको हो ।

त्यस्तै तेजाबी सुनको मूल्य समेत प्रतितोला ४०० रुपैयाँले नै बढेर ९२ हजार ७०० रुपैयाँ पुगेको महासंघले जनाएको छ ।

त्यस्तै आज चाँदीको मूल्य भने घटेको छ । चाँदी आज तोलामा १० रूपैयाँले घटेर १ हजार २८० रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

[sidebar name="button post"]