आज मिति वि. सं. २०७८ साल श्रावण ५ गते। मंगलबार। तपाईंको आजको राशिफल
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ):
मंगलको राशि परिवर्तन मेष राशि हुनेहरुका लागि नोक्सान दयाक रहने देखिन्छ। दुर्घटना हुन सक्ने सम्भावना रहेका कारण हदै सम्मको सावधानी अपनाउनु पर्ला। सवारी चलाउँदा अथवा सवारीमा यात्रा गर्दा संयमता अपनाउनु होला। प्रेम जीवन तथा पारिवारिक जीवनमा समस्या पैदा हुनेछन्। बोलिको गलत अर्थ लाग्दा विवाद बढ्नेछ।
बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो):
मंगलको राशि परिवर्तनसँगै वृष राशि हुनेहरुको भाग्यमा परिवर्तन हुने योग रहेको छ। नयाँ लगानीको वातावरण बन्नेछ। घर-जग्गा सम्बन्धि कारोबारले आर्थिक लाभ गराउनेछ। महत्वपूर्ण सम्झौता हुने योग पनि देखिन्छ। मंगलको शुभ परिवर्तनले आर्थिक मात्र नभई सामाजिक र पारिवारिक रुपमा पनि लाभ दिलाउन सक्ला। तर प्रेम जीवनमा भने सामान्य समस्या पैदा हुन सक्ने देखिन्छ।
मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा):
मंगलको राशि परिवर्तनले नयाँ बाटो खोल्नेछ। नयाँ रोजगार मिल्न सक्ने पनि देखिन्छ भने पहिला देखि नै रोजगारमा हुनेहरुले पदोन्नती प्राप्त गर्नेछन्। मंगलको शुभ प्रभाव आर्थिक पक्ष सँग-सँगै अन्य पक्षमा पनि रहनेछ। लामो समय देखि भेट नभएका मित्रजनसँग भेट हुनुका साथै सामान्य यात्राको अवसर समेत जुर्ने देखिन्छ।
कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो):
पेशा बदल्ने सोच बह्येकाहरुका लागि मंगलको राशि परिवर्तन धेरै शुभ सावित हुनेछ। बसाई सराईका लागि पनि मंगल गोचर शुभ सावित हुने देखिन्छ। विद्यार्थीहरुका पनि पनि समय सुखद रहला। शत्रु सहजै पराजित हुनेछन्। बोलि तथा व्यवहारका कारण महत्वपूर्ण कार्य सहजै सम्पन्न हुनेछन्। व्यवसायमा नयाँ साझेदारी हुनाहुने सम्भावना पनि देकिन्छ।
सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे):
सरकारी क्षेत्र, प्रशासनिक सेवा वा उच्च तहमा रहेर काम गर्नेहरुका लागि मंगलको राशि परिवर्तन शुभ सावित हुनेछ। आर्थिक रुपमा विभिन्न प्रकारका लाभ मिल्नेछन्। कानुनी रुपमा रहेका समस्या देखि छुटकारा मिल्नेछ भने जग्गा-जमिनका कारण रहेका विवाद पनि सल्टिने छन्। तर मंगलको राशि परिवर्तनसँगै दाम्पत्य जीवनमा भने समस्या देखिन सक्ला।
कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो):
मंगलको राशि परिवर्तनसँगै अप्रत्याशित रुपमा खर्च बढ्न सक्ने देखिन्छ। अनावश्यक क्षेत्रमा खर्च बढ्दा आर्थिक समस्या पैदा हुने हुनेछ। गरिएका लगानीहरु दाउको दुखाईको विषय मात्र बन्नेछन्। व्यवसायिक यात्रा निरर्थक बन्नेछ। यधपी मंगलको राशि परिवर्तन कृषि कर्ममा हुनेहरुका लागि भने लाभदायक सावित हुनेछ।
तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते):
घर-परिवार र परिवारको लागि आरामदायक चीजहरूमा खर्च बढ्नेछ। गर-गहनामा पनि खर्च हुने देखिन्छ। मनोरञ्जनमा समय व्यतित हुनेछ। आम्दानी भन्दा बढी खर्च हुँदा अर्थ व्यवस्थापन गर्न केहि असहजता रहला। प्रेमि-प्रेमिकासँग विवाद हुने सम्भावना रहेको छ।
बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू):
मंगलको राशि परिवर्तन कुनै पनि रुपले शुभ मान्न सकिँदैन। अरूको मुख ताक्ने बानीले समस्या पैदा गर्नेछ। चाहिने भन्दा बढी भरोशा गर्दा धोका हुन सक्ला। हतारमा निर्णय गर्दा ठूला समस्या देखा पर्नेछन्। परिवारमा छलफल नगरी कुनै पनि कामको थालानी नगर्नु होला। मित्र पनि शत्रुमा परिणत हुन् सक्ने सम्भावना देखिन्छ।
धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे):
कार्यस्थलमा आवश्यक सहयोग सहजै जुट्नेछ। समस्या परेको खण्डमा परिवारजन मात्र नभई मित्रजनको पनि सहयोग मिल्नेछ। वैदेशिक यात्राको अवसर जुर्न सक्ला। पहिला गरिएका लगानीहरुले एकाएक प्रतिफल दिन शुरु गर्नेछन्। नयाँ कामको प्रस्ताव आउनेछ भने साथ दिनेहरू बढ्नेछन्। पूराना स्वास्थ्य समस्या देखि पनि छुटकारा मिल्ने देखिन्छ।
मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी):
मंगलको राशि परिवर्तन मकर राशि हुनेहरुका लागि खासै शुभ रहने देखिँदैन। दुर्घटनाको सम्भावना देखिन्छ। सवारी साधन चलाउँदा सहजता अपनाउनु होला। आफ्नै भनिएकाहरु पनि शत्रुमा परिणत हुनेछन्। यात्राको अवसर जुरेपनि यात्रा गर्न शुभ देखिँदैन। बोलिमा हदै सम्मको नियन्त्रण आवश्यक रहनेछ। आकस्मिक खर्च बढ्नाले अर्थ अभाव देखापर्न सक्ला।
कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा):
मंगलको राशि परिवर्तनसँगै कुम्भ राशि हुनेहरुको जीवनमा सकारात्मक परिवर्तन शुरु हुनेछन्। एक्कासी आम्दानीमा परिवर्तन आउनेछ। रोकिएका कार्य सुचारु हुनेछन्। सरकारी क्षेत्रबाट रहेको रुकावट हटेर जानेछन्। स्वास्थ्यमा पनि सुधार आउने देखिन्छ। घर-जग्गा जोड्ने अवसर मिल्न सक्ला। प्रेम जीवनलाई थप अगाडी बढाउने अवसर प्राप्त हुनेछ।
मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची):
मंगलको राशि परिवर्तनसँगै खर्च बढ्नेछ। अप्रत्याशित खर्चको सामना गर्नुपर्नेछ। नसोची गरिएका लगानीले तनाव दिनेछ। सकेसम्म यात्रा नगर्नुहोला। आर्थिक स्थिति असन्तुलित रहँदा मानसिक तनाव पनि बढेर जानेछ। क्रोधलाई नियन्त्रणमा राख्न नसकेको खण्डमा आफ्नै भनिएकाहरुसँग विवाद हुनेछ।
राशिफलले जे जस्तो भनेपनि तपाईंको दिन शुभ रहोस् ।










