तोलामा २ सय रुपैयाँले बढ्यो सुनको मूल्य, कति छ आजको बजार भाउ ?

४ श्रावण, काठमाण्डौ। साताको दोस्रो दिन आज सोमबार नेपाली बजारमा सुनको मूल्य २ सय रुपैयाँले बढेको छ ।

आइतबार छापावाल सुन प्रतितोला ९२ हजार ६ सय रुपैयाँमा कारोबार भएकोमा आज ९२ हजार ८०० रूपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै आज तेजावी सुन प्रतितोला ९२ हजार ३०० रूपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै आज चाँदीको मूल्य भने घटेको छ । चाँदी आज तोलामा ५ रूपैयाँले घटेर १२ सय ९० रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

[sidebar name="button post"]