Ad #144479

३ श्रावण, काठमाण्डौ। नेपाली बजारमा साताको पहिलो दिन आइतबार सुनको मूल्य तोलामा ६ सय रुपैयाँ घटेको छ।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुन तोलामा ६ सय रुपैयाँले घटेर ९२ हजार ६ सय रुपैयाँमा कारोबार भैरहेको छ। गत शुक्रबार सुन प्रतितोला ९३ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै आज तेजाबी सुन प्रतितोला ९२ हजार १ सय रुपैयाँमा कारोबार भैरहेको महासंघले जनाएको छ।

त्यस्तै आइतबार चाँदीको मूल्य पनि घटेको छ। गत शुक्रबार प्रतितोला १ हजार ३ सय २० रुपैयाँमा कारोबार भएको चाँदी आज २५ रुपैयाँले घटेर प्रतितोला १ हजार २ सय ९५ रुपैयाँमा कारोबार भइरहेको छ ।