१ श्रावण, काठमाण्डौ। चीनले सरकारले नेपाललाई थप १६ लाख कोरोना विरुद्धको खोप अनुदानमा उपलब्ध गराउने भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवासँगको भेटमा चिनियाँ राजदूत होउ यान्छीले सो जानकारी गराएकी हुन् ।
चीनले यसअघि पनि ८ लाख र १० लाख गरी १८ लाख मात्रा खोप अनुदान दिइसकेको छ । त्यस्तै सरकारले थप ४० लाख डोज खोप खरिदका लागि सम्झौता गरेको छ । जसअन्तर्गत आठ लाख डोज खोप आइसकेको छ ।













