आज असार ३१ गते बिहिबार, तपाईंको आजको राशिफल
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ):
साहित्य सिर्जना गर्न र कलात्मक क्षेत्रमा आफ्नो पहुँच वृद्धि गर्ने समय रहेको छ । दिनको मध्यान्न पछी घरमा शान्तिको वातावरण बन्नेछ।प्रियजन संगको भेटले मन प्रसन्न हुनेछ । सत्रु तथा प्रतिस्पर्धीहरुसँग भावनात्मक संघर्ष हुनसक्छ। कार्यालयमा आफूभन्दा आगाडीको अधिकारीहरुबाट सतर्क रहन पर्नेहुन्छ ।
बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो):
आमाको स्वास्थ्यको कारण चिन्ता बढ्न सक्छ ।नकारात्मक बिचार बाट टाढा रहनुहोला । दिनको मध्यान्न पछी तपाईको शारीरिक र मानसिक स्वास्थ्य सुधार हुनेछ। विद्यार्थीहरूको लागि समय अनुकूल रहेको छ । तपाईंबाट केहि धार्मिक कार्य हुनेछ ।
मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा):
कार्यमा सफलता मिल्नाले तपाईंको मन प्रसन्न हुनेछ । प्रतिस्पर्धीहरूलाई सजिलै हराउनु हुनेछ । तर दिनको मध्यान्न पछि घरमा विवादको वातावरण हुनेछ। परिवारका सदस्यहरूसँग तनाव हुन सक्छ र यसले मनमा पछुतो बढाउनेछ। आमाको स्वास्थ्य बिग्रन सक्छ । नकारात्मक सोचले मनमा हतासता छाउनेछ। दिनको मध्यान्नपछी भाग्य वृद्धिको योग बन्नेछ ।
कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो):
दीर्घकालीन योजनाहरूको बिषयमा सोच्दा सोच्दै तपाइ दुबिधामा पर्नु हुनेछ । परिवारका सदस्यहरूसँगको वातावरण तनावपूर्ण हुनेछ। निर्धारित काममा कम सफलता मिल्नेछ । मध्यान्न पछी तपाइको दिन राम्रो हुनेछ । शारीरिक तथा मानसिक स्वास्थ्य राम्रो हुनेछ । भाइ बहिनिबाट लाभ मिल्नेछ ।
सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे):
तपाईंको आत्म विस्वास बढ्नेछ। कार्यमा निर्णय शक्ति बढ्नेछ। क्रोधको भावना बढ्नेछ। सरकारी कार्यमा लभ हुनेछ । परिवार जनसंगको सहकार्य राम्रो हुनेछ । आय भन्दा खर्च बढी हुनेछ।
कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो):
तपाईंको मन भावनात्मक हुनेछ । भावनामा बगेर अबिचारी कार्य गर्न सक्ने हुदा सावधान रहनुहोला। चर्चा तथा विवाद बाट टाढा रहनुहोला। कसैसंग हिंसात्मक व्यवाहार हुनसक्छ । मध्यान्न पछि आत्मा बिस्वाश बढ्नेछ । समाजमा मान प्रतिष्ठा बढ्नेछ । रिसलाई नियन्त्रणमा राख्नुहोला ।
तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते):
यात्राको योग बन्नेछ । मित्रहरुबाट लाभ मिल्नेछ । सन्तान संगको सम्बन्ध सुमधुर हुनेछ । मध्यान्नपछि मानसिक तथा शारीरिक स्वास्थ्य बिग्रन सक्छ । सचेत रहनुहोला । विवाद हुनबाट टाढा रहनुहोला। कानुनि कार्यमा सचेत रहेर निर्णय लिनुहोला ।
बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू):
दृढ मनोबल र आत्मा विस्वाशको कारण कममा सफलता प्राप्त हुनेछ । व्यापार तथा व्यवसायमा तपाईंको बुद्धि र प्रतिभाको प्रसंशा गरिनेछ। उच्च अधिकारीहरू तपाईंको कार्यबाट खुसी हुनेछन् र पदोन्नतिको संभावना पनि बढ्नेछ। बाबु सँगको सम्बन्ध सुमधुर हुनेछ र लाभ हुनेछ । मध्यान्न पछि तपाईं केहि विचारहरुमा फस्नु हुनेछ । व्यापारमा आर्थिक लाभ हुने योग बनेको छ ।
धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे):
तपाईंको व्यवहार धार्मिक हुनेछ । कुनै धार्मिक तथा मांगलिक कार्यमा सहभागी हुने अवसर मिल्नेछ । तपाईंको व्यवहार न्याय प्रेमी रहनेछ । दिनको मध्यान्नपछि दिन निकै राम्रो र सफलपूर्ण रहनेछ । गरेका कार्य सफलता पूर्ण सम्पन्न हुनेछ । व्यवासायमा आफूभन्दा ठुलाको प्रित्साहान मिल्नेछ । पदोन्नतिको योग रहेकोछ। पारिवारिक जीवनमा मधुरता छाउनेछ ।
मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी):
यात्रा गर्दा बिशेष ध्यान दिनुहोला । स्वास्थ्यमा बिशेस ध्यान दिनुहोला । नकारात्मक बिचारमा ध्यान नदिनुहोला । यस्तो गर्नु भएयमा तपाइ एकदमै खुशु हुनुहुनेछ । आकस्मिक खर्च हुनसक्छ। तर पनि दिनको मध्यान्न पछि मनमा केहि हल्का महशुस गर्नुहुनेछ । धार्मिक स्थलको भ्रमण गर्नाले मनमा सक्ति प्राप्त हुनेछ ।
कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा):
सामान्य कुरामा पनि पती पत्नी बिच झगडा हुनसक्छ। संसारिक प्रश्न तथा बिषयले मनमा उदाशिन्ता छाउनेछ। अदालती कार्यमा सचेत पूर्ण तरिकाले चल्नुहोला । सामाजिक दृस्टीले अपमानित नहुन सचेत रहनुहोला । नयाँ कार्यको थालनी गर्नु उचित हुदैन । शारीरिक जोश र उल्लासको अभाव हुनेछ।
मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची):
तपाईंको दिन चन्ता मुक्त्त हुनेछ । कार्यमा बाधा हुनेहुदा कम सम्पन्नहुन ढिला हुनसक्छ । पार्टनरको सहयोग मिल्ने छैन । दाम्पत्य जीवनमा लामो समयसम्म विवाद हुनेहुदा सजग रहनुहोला। व्यापारमा पार्टनरसँग सतर्क रहनुहोला। आदालतको बिषयमा टाढै रहनुहोला । संसारिक बिषयमा मन आलिप्त हुनेछ ।
राशिफलले जे जस्तो भनेपनि तपाईंको दिन शुभ रहोस् ।











