आज मिति वि.सं.२०७८ साल असार ३० गते । बुधबार। तपाईंको आजको राशिफल
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ):
जिद्दी व्यवहारलाइ नियत्रणमा राख्नु होला । कडा मेहनत पश्चात पनि सफलता मिल्न नसक्दा मन खिन्न हुनसक्छ । स्वास्थ्यमा समस्या आउनाले शरीर कमजोर हुनेछ । यात्राको लागि उचित समय रहेको छैन । सन्तानको चिन्ता बढ्ने छ । सोच बिचार नगरी कार्य थालनी गर्नाले हानि हुन सक्छ ।
बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो):
आज तपाईंको कार्यमा दृढ विश्वास र आत्मबल बढ्नेछ । पितृ लाभ हुनेछ । पढाइमा रुची बढ्नेछ । सरकारी कार्यमा सफलताको साथै लाभ मिल्नेछ । सन्तानको लागि धन खर्च हुन्छ । खेलाडी तथा कलाकारहरुको लागि आफ्नो प्रतिभा देखाउने समय रहेको छ । सम्पति लेन-देन तथा कानुन सम्बन्धि कार्य नगर्नु उचित हुनेछ ।
मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा):
दिनको सुरुवातबाटै शरीरमा जोस जाँगर बढ्नेछ । भाग्यवृद्धिको समय रहेको छ । बिचार परिवर्तन भैरहदा समस्यामा पर्न सकिन्छ । नयाँ कामको थालनी हुन सक्छ । साथि भाइ तथा स्त्री वर्गसँगको सम्बन्ध राम्रो हुनेछ। आकस्मिक धन लाभ हुन सक्छ ।
कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो):
मनमा हतासता छाउनाले मन खिन्न हुन सक्छ । परिवारका सदस्यहरुसंग वादविवाद र मनमुटाव हुन सक्छ । घमण्डी भावनाको कारण कसैको भावनामा चोट पुग्न सक्छ । पढाइमा ध्यान जाने छैन। खर्च बढ्नेछ । मनमा असन्तोषी भावाना पैदा हुनाले अनैतिक प्रवृत्तिमा पर्न सकिन्छ ।
सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे):
आत्मविश्वास र सहि निर्णयको साथ काममा अघि बढ्न सक्नुहुनेछ । समाजमा मान प्रतिष्ठा बढ्नेछ । व्यक्तिको बोलि तथा व्यवहारको कारण कसैसँग झगडा हुन सक्छ। आफूभन्दा ठुला व्यक्ति तथा पिताबाट लाभ मिल्नेछ । स्वास्थ्यमा सामान्य समस्या आउन सक्छ। दाम्पत्य जीवनमा शुख सान्ति छाउनेछ । सरकारी क्षेत्रमा गरेको कार्य चाडै पुरा हुनेछ ।
कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो):
शारीरिक र मानसिक चिन्ता बढ्नेछ । कसैसंगको झगडामा तपाइको अहंकार बढ्नेछ। आकस्मिक धन खर्च हुनसक्छ । दाम्पत्य जीवनमा खटपट उत्पन्न हुन सक्छ । मानसिक तथा शारीरिक समस्या उत्पन्न हुन सक्छ । तपाइको अधिनमा रहेको व्यक्ति तथा नोकर वर्गबाट समस्या अनुभव गर्नुहुनेछ।
तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते):
पारिवारिक जीवनमा शुख तथा सम्बृद्धि छाउनेछ। आय वृद्धि हुने योग बनेको छ। कार्यालय, व्यवसायको क्षेत्रमा अनुकूल वातावरण हुनेछ।पदोन्नतिको योग बनेको छ । पारिवारिक सदस्य तथा मित्रहरु खुशी हुनेछन् । रमाइलो यात्रा हुनेछ । व्यापारी वर्गको लागि लाभदायक व्यापार हुनेछ। उत्तम बैवाहिक शुख प्राप्त हुनेछ।
बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू):
कार्यमा सफलता प्राप्त हुनेछ । पारिवारिक जीवनमा खुशी र सन्तुष्टि प्राप्त हुनेछ। स्वास्थ्यमा सुधार हुनेछ। समाजमा सम्मान पाउनु हुनेछ। अफुभन्दा ठुलाको साथ सहयोग हुनेछ । सन्तानको प्रगतिले मन प्रफुलित हुनेछ । उठाउनु पर्ने रकम प्राप्त हुनेछ ।
धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे):
आज तपाईंको कठिन कार्यले समस्या उत्पन्न हुनसक्छ। काममा जोस जागर कम हुनेछ । शारीरिक तथा मानसिक तनावमा समय व्यतित हुनसक्छ। नोकरीमा बिभिन्न समस्या उत्पन्न हुनसक्छ । कार्यलयमा उच्चअधिकारी सँग वादविवाद हुनाले हानि हुन सक्छ । प्रतिस्पर्धीहरूसँग सतर्कताको साथ अघि बढ्नु राम्रो हुन्छ ।
मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी):
नकारात्मक बिचारबाट टाढा रहनुहोला । खानपानमा बिशेष ध्यान दिनुहोला । अचानाक धन खर्च हुन सक्छ । व्यवसायमा साझेदारहरूसँग आन्तरिक मतभेद बढ्न सक्छ। रिसलाइ नियन्त्रणमा राख्नुहोला । सामाजिक कार्यको लागि यात्राको योग बन्न सक्छ ।
कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा):
आजको दिनमा प्रेम, यात्रा, मनोरंजन, तपाईंको जीवनको एक हिस्सा बन्नेछ । साथि तथा आफन्तहरु सँग भोजन गर्ने अवसर मिल्नेछ । उत्तम कपडा र वाहन पाउने योग बनेको छ । सहभागी व्यक्तिहरुसँग तपाईंको राम्रो सम्बन्ध हुनेछ । सामाजिक मान प्रतिष्ठा प्राप्त हुनेछ । दृढ विश्वासको साथ गरेको कार्यमा सफलता प्राप्त हुनेछ।
मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची):
दैनिक काम सहजै सम्पन्न हुनेछ। घरमा खुशी र शान्तिको वातावरण रहनेछ। स्वभावमा उग्रता रहनेछ । जसको कारण बोलि तथा व्यावारमा संयमता राख्नु होला । प्रतिस्पर्धीहरूलाई परास्त गर्न सकिनेछ । सहकर्मीहरूको सहयोगले तपाईंको व्यावसायिक कार्य सरल हुनेछ । नजिकको आफन्तबाट लाभ हुनेछ ।
राशिफलले जे जस्तो भनेपनि तपाईंको दिन शुभ रहोस् ।











