२९ असार, काठमाण्डौ। नेपाली कांग्रेसका सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवा सरकारको शक्तिशाली गृहमन्त्रीमा बालकृष्ण खाँण नियूक्त हुने भएका छन् । कांग्रेस संसदीय दलका प्रमुख सचेतक समेत रहेका खाँड रुपन्देहीबाट निर्वाचित सांसद हुन् ।
यस्तै देउवाले ज्ञानेन्द्र बहादुर कार्कीलाई पनि मन्त्री बनाएका छन् । उनलाई कानुन, न्याय तथा संसदीय मामिला मन्त्री बनाईने भएको छ ।यसअघि देउवा नेतृत्वकै सरकारमा उनी अर्थमन्त्री बनेका थिए ।
अर्थमन्त्रीमा भने माओवादी केन्द्रका जर्नादन शर्माले छलाङ मारेका छन् । उनी यसअघि उर्जा, र गृहमन्त्री बनिसकेका छन् । अर्थ सम्बन्धि कुनै ज्ञान नभएपनि उनलाई महत्वपूर्ण मानिएको अर्थ मन्त्रालय सुम्पिएको छ । उनी पूर्व जेटीए हुन् । त्यस्तै ऊर्जा, सिंचाई तथा जलस्रोत मन्त्रालयको जिम्मेवारी पम्फा भैसालले पाएकी छन्।
नियूक्तिको विषयलाई लिएर विवाद सिर्जना भएपनि आजै देउवाको शपथग्रहण कार्यक्रम राष्ट्रपति कार्यालयमा राखिएको छ भने त्यसलगत्तै मन्त्रीहरुको पनि शपथ हुनेछ । देउवाले पहिलो चरणमा चार सदस्यीय मन्त्रिपरिषद गठन गरेका छन् ।












