Ad #144479

२९ असार, काठमाण्डौ। राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री नियुक्त गर्दै जारी गरेको विज्ञप्ति प्रति नेपाली काँग्रेसका सभापति तथा नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवाले आपत्ति जनाएका छन् ।

बूढानीलकण्ठस्थित आफ्नै निवासमा बोलाएर देउवाले मुख्यसचिव शंकरदास वैरागीलाई प्रधानमन्त्री नियुक्ति नसच्चिएसम्म शपथग्रहण नहुने बताएका हुन् । राष्ट्रपतिले संविधानको धारा नै उल्लेख नगरी विज्ञप्ति जारी गरेपछि देउवाले आपत्ति जनाएका छन् ।

आफू संसदीय दलको नेताको रुपमा प्रम नभएको र धारा ७६ (५) अनुसार नियुक्त हुनुपर्ने भन्दै देउवाले असहमति जनाएका हुन् । विज्ञप्तिबारे विवाद भएपछि देउवा अहिले बूढानीलकण्ठ निवासमा नै रहेका छन् ।

साँझ ६ बजे हुने भनिएको शपथ कतिबेला हुने भन्ने अझै टुंगो लागेको छैन् ।