Ad #144479

२९ असार, काठमाण्डौ। पछिल्लो २४ घण्टामा देशभर थप २,३९८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७०५८ जनामा गरिएको पीसीआर परीक्षणमा १६३९ र ३९५४ जनामा गरिएको एन्टिजेन परीक्षणमा ७५९ जना गरी २,३९८ जनामा संक्रमण पुष्टि भएको हो ।

त्यस्तै पछिल्लो २४ घण्टामा थप १२ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यससँगै नेपालमा कोरोनाबाट हालसम्म ज्यान गुमाउनेको संख्या ९ हजार ४१२ पुगेको छ।

गएको २४ घण्टामा २ हजार ७८ जना कोरोना संक्रमणमुक्त भएका छन्। हाल देशभर २६ हजार २ सय ६१ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।