Ad #144479

२९ असार, काठमाण्डौ। अमेरिकाले नेपाललाई अनुदानमा दिएको जोन्सन एण्ड जोन्सनको खोप आगामी साउन ४ गतेदेखि काठमाण्डौमा लगाइने भएको छ । यो खोप अमेरिकाले कोभ्याक्स कार्यक्रममार्फत उपलब्ध गराएको हो ।

कोभिड–१९ खोप कार्यक्रमलाई थप प्रभावकारी गर्न गठित समन्वय तथा अनुगमन समितिको बैठकले जिल्लाका ४४ वटा खोप केन्द्रबाट साउन ४ गतेदेखि ६ गतेसम्म जोन्सनको खोप लगाउने निर्णय गरेको हो ।

अमेरिकाबाट हिजो जोन्सन एन्ड जोन्सनको १५ लाख ३४ हजार ८५० डोज खोप नेपाल आइपुगेको हो। स्वास्थ्य मन्त्रालयले एक डोज मात्र लगाए पुग्ने उक्त खोप ५०–५४ वर्ष उमेर समूहलाई लगाउने निर्णय गरिसकेको छ ।

मंगलबारदेखि सुरु भएको भेरोसेलको पहिलो डोज खोप कार्यक्रम सञ्चालन भएकै ४४ वटा खोप केन्द्रबाट जोन्सन एण्ड जोन्सनको खोप कार्यक्रम सञ्चालन गर्ने निर्णय समितिले गरेको छ ।