२८ असार, काठमाण्डौ। पछिल्लो २४ घण्टामा काठमाण्डौ उपत्यकामा थप ४३३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य मन्त्रालयका अनुसार काठमाण्डौमा २८९, भक्तपुरमा ५४ र ललितपुरमा ९० जना संक्रमित थपिएका हुन्।
यस्तै नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार ३ सय ७० जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने १८ जनाको मृत्यु भएको छ।
त्यस्तै पछिल्लो २४ घण्टामा १ हजार १ सय ३३ जना कोरोना संक्रमणमुक्त भएका छन्।
[sidebar name="button post"]











