देशभर थप २३७० जनामा कोरोना संक्रमण पुष्टि, १८ जनाको मृत्यु

२८ असार, काठमाण्डौ। पछिल्लो २४ घण्टामा देशभर थप २३७० जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

मन्त्रालयका अनुसार मुलुकभरमा ७६८९ जनाको पिसिआर परीक्षणबाट १६९० जनामा संक्रमण पुष्टि भएको छ भने ३८९५ जनाको एन्टिजेन परीक्षणबाट ६८० जनामा पुष्टि भएको हो।

पछिल्लो २४ घण्टामा ११३३ जना कोरोना संक्रमणमुक्त भएका छन्।

त्यस्तै १८ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ। यससहित कोरोनाबाट मृत्यु हुनेको संख्या ९४०० पुगेको छ।

[sidebar name="button post"]