२८ असार, काठमाण्डौ। सर्वाेच्च अदालतले वहुप्रतिक्षित प्रतिनिधिसभा विघटनलाई बदर गर्दै रिट निवेदक शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन राष्ट्रपतिका नाममा परमादेश जारी गरेको छ ।
आज बसेको सर्वोच्च अदालतको संवैधानिक इजलाशले राष्ट्रपति विद्यादेवी भण्डारीले गरेको विघटन फेरि बदर गरिदिएको हो । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालगायत १४६ जना सांसद्ले विघटन विरुद्ध सर्वाेच्चमा रिट दायर गरेका थिए ।
प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरासहित न्यायाधीशहरु दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र आनन्दमोहन भट्टराईको इजलासले निवेदकको मागबमोजिम कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन परमादेशसमेत जारी गरेको छ ।
[sidebar name="button post"]











