२६ असार, काठमाण्डौ। पछिल्लो २४ घण्टामा देशभर थप २१६९ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार ६ हजार ५३० पीसीआर परीक्षणबाट १ हजार ३५३ जनामा र ३ हजार ८८७ एन्टिजेन परीक्षणबाट ८ सय १६ जनामा संक्रमण पुष्टि भएको हो।
गत २४ घण्टामा १ हजार ४३२ जना कोरोना संक्रमणमुक्त भएका छन्। हाल देशभर २६ हजार ४८९ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
त्यस्तै २२ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ। यससँगै नेपालमा हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या ९ हजार ३६२ पुगेको छ।
[sidebar name="button post"]











