२५ असार, काठमाण्डौ। पछिल्लो २४ घण्टामा काठमाण्डौ उपत्यकामा थप ३८० जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
काठमाण्डौमा २६१, भक्तपुरमा ४५ र ललितपुरमा ७४ जना संक्रमित थपिएका हुन्।
नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार २ सय ३९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने २० जना संक्रमितको मृत्यु भएको छ।












