Ad #144479

२५ असार, काठमाण्डौ। पछिल्लो २४ घण्टामा थप २,२३९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

६ हजार ६५७ पीसीआर परीक्षण गर्दा १ हजार ४७९ जना र ४ हजार ६५६ एन्टिजेन परीक्षण गर्दा ७६० गरी २ हजार २३९ जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट २० जनाको मृत्यु भएको छ भने १ हजार ३ सय १६ संक्रमणमुक्त भएका छन्

हाल देशभर सक्रिय संक्रमितको संख्या २६ हजार ५९० जना रहेका छन् ।