काठमाण्डौ उपत्यकामा थप ४२७ जनामा कोरोना संक्रमण

२४ असार, काठमाण्डौ। पछिल्लो २४ घण्टामा काठमाण्डौ उपत्यकामा थप ४२७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाण्डौमा २८७, भक्तपुरमा ५८ र ललितपुरमा ८२ जना संक्रमित थपिएका हुन्।

त्यस्तै पछिल्लो २४ घण्टामा देशभर थप १ हजार ८ सय ७५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने २९ जनाले ज्यान गुमाएका छन्।

हालसम्म देशभर २६ हजार ४ सय ४७ सक्रिय संक्रमित रहेका छन्।

[sidebar name="button post"]